निर्वाचन नजिकिए संगै डा.मधुले चुनावी घरदैलो तिब्रगतीमा गर्नुहुदै

निर्वाचन नजिकिए संगै प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले आफ्ना चुनावी घरदैलो कार्यक्रमलाई तिब्रगतिमा गरिरहनु भएको पाईएको छ ।

नेकपा एमाले र जनता समाजबादी पार्टी नेपालको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा .मधु गुप्ता कुर्मीले आफ्ना चुनावी घरदैलो ,मतदाता संग भेटघाट,जनताको समस्या सुन्ने ईत्यादी कार्यमा व्यस्त हुनुभएको डा.मधुलाई उदृत गर्दै हाम्रा सहकर्मी बिशाल यादवले जानकारी दिनुभयो ।

आजै वीरगंजमा आफ्ना चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकी डा.मधु त्यसपछी पून जनताको घर आँगनमा पुगेर मतदाता घरदैलो गरिरहनुभएको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले जानकारी दिनुभयो ।

नयाँ सोच , जोश जाँगर , शिक्षित एवम स्वास्थ्य क्षेत्रमा समेत विज्ञता हासिल गर्नुभएकी डा.मधु प्रति अहिले गाउँ गाउँमा जनताको रुझान देखिन थालेको जसपा नेता पवन सिंहको भनाई छ ।

Share your love