नासाको ओरियन अन्तरिक्ष यानले ४ लाख बढी किलोमिटर यात्रा पार गर्‍यो, अझै आधा यात्रा बाँकी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रक्षेपण गरेको ‘ओरियन क्याप्सुल’ अन्तरिक्ष यानले अहिलेसम्म ४ लाख ३० हजार किलोमिटर यात्रा पार गरेको छ ।

चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने उद्देश्यले तयार पारिएको यो यानमा यस पटक भने अन्तरिक्ष यात्री सवार छैनन् । यो परिक्षण सफल भएको खण्डमा अबको दुई वर्षभित्र यो यानमा अन्तरिक्ष यात्रीहरु राखेर चन्द्रमाको सतहमा पुर्याउने नासाको तयारी रहेकाे छ । यो यानले अझै आधा यात्रा तय गर्न भने बाँकी नै रहेकाे छ

अहिलेसम्म यसले पार गरेको दूरी आफैंमा एउटा कीर्तिमान हो । मानिस बोक्ने प्रयोजनको लागि बनाईएको यानले अहिलेसम्म यति लामो यात्रा गरेको थिएन । चन्द्रमालाई परिक्रमा लगाएर पृथ्वीमा फर्किंदासम्म यो यानको हरेक उडानको नासाले सुक्ष्म निगरानी गर्नेछ ।

त्यसपछि मात्रै यो यान वैज्ञानिकहरू लिएर उडान भर्न योग्य ठहरिने भएकाे छ । नासाले ५० वर्षपछि चन्द्रमामा वैज्ञानिकसहितको यान पठाउने तयारी गरिरहेको छ ।

Share your love