नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले अनलाइनखबरलाई बताए ।उनीसँगै प्रहरीले लोकतान्त्रिक मधेसी संगठनमा आवद्ध इन्द्रजित साफी, एमडी राज र परवेज आलमलाई पनि नियन्त्रणमा लिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा छ ।

उक्त विधेयक छिटो प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो । सोमबार नै नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै जनकपुरमा पनि प्रदर्शन भएको छ । त्यस क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share your love