धनुषामा स्रोत नखुलेको रुपैयासहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित धनुषाबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनीं मंगपट्टी १ मंदिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ।

धनुषाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार बरामद भएको हो।

यस्तै, सशस्त्र प्रहरीले मोटरसाइकलको दुईलाख मूल्याँकन गरी रुपैयाँ र पक्राउ परेका युवकलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Share your love