दोस्रो चरणको चुनाव प्रचारमा जानु अघि डा.मधुद्वारा मन्दिरमा पूजाअर्चना

वीरगंज –बिहिबारबाट सुरु भएको चुनाव प्रचार प्रसारको दोस्रो चरणमा जानुअघि पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले आज शुक्रबार देवी मन्दिरमा गएर विधिवत रुपमा पूजा अर्चना गर्नुभएको छ।

दोस्रो चरणको चुनाव प्रचारमा जानु अघि प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहको देवी मन्दिरमा पुगेर विधिवत रुपमा पूजा अर्चना गर्नुभएको हो ।

जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ मा प्रदेस सभा सदस्यकी उम्मेदवारी दिनुभएको डा.मधु गुप्ता कुर्मी प्रति जन लहर समेत बढ्दै गएको जसपाका नेता कार्यकर्ताले बताएका छन ।

Share your love