दुई हजार अंकको बिन्दुबाट तल झर्‍यो नेप्से

सेयर बजार परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले गिरावट भएर १९९५.४९ अंकमा बन्द भएको छ ।

नयाँ सरकार गठन भएर अर्थतन्त्रीमा विष्णु पौडेन नियुक्त भएसँगै बजार बढेर १४ पुसमा २ हजार अंकको बिन्दुबाट माथि लागेको थियो । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ७२ लाख ३७ हजारको कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको ८ करोड ४० लाख ८० हजार र हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख ४० हजारको कारोबार भएको छ ।

बुधबार बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २० कम्पनकिो सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको ४.५८ प्रतिशत र खप्तड लघुवित्तको सेयरमूल्य २.७४ प्रतिशतले वृद्धि भएको छ ।

बोटलर्स नेपाल तराईको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.७६ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ५.४४ प्रतिशतले गिरावट भएको छ ,

Share your love