दुई सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण गर्दा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप पाँच सय एक जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार चार सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको संख्या ४९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ललितपुरको लगनटोल र सातदोवाटोमा एक–एक जनामा हैजा पुष्टि भएसँगै हैजाका बिरामीको संख्या ४९ जना पुगेको हो ।

Share your love