‍दार्चुलामा नेपाली बालक मृत्यु सम्बन्धमा भारतसँग स्पष्टीकरण माग्ने तयारीमा सरकार

सडक निर्माणका क्रममा भारतीय पक्षद्वारा भएको विष्फोटमा ९ वर्षीय नेपाली बालक पवन महराको मृत्युको घटनाबारे नेपाल सरकारले भारतसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ।

गृह मन्त्रालयले त्यसका लागि आवश्यक तयारीका साथ भारत सरकारसँग सम्पर्क गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ। तर आज छुट्टीको दिन भएकोले आइतबार नै भारत सरकारसँग सम्पर्क गरी आवश्यक कारबाही अगाडि बढाउने तयारी परराष्ट्रले गरेको सम्बन्धित दुबै मन्त्रालयका पदाधिकारीहरुले जनाएका छन्।

हिजो भएको विष्फोटमा दार्चुला व्यास गाउँपालिका–२ का पवन महराको तत्काल मृत्यु हुनुका साथै १४ वर्षीया सरिता महरा गम्भीर घाइते भएकी थिइन्।

घटनाले नेपाली राजनीतिक तथा प्रशासनिक र आम जनतामा गम्भीर चासो र प्रतिक्रिया उपत्पन्न गरेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ‌ओलीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

Share your love