दलित बालबालिकाको लागि नि:शुल्क टियुसन कक्षा केन्द्रको घर उद्घाटन

 पिसफोर दलितस फाउन्डेसन नेपाल ,मधेश प्रदेश , पर्साको आयोजना र अमेरीका बस्ने धर्मेन्द्र तिम्सिना क्षितिज र टीका तिम्सिना ज्युको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा -४, सुपौली गाउँको दलित बस्तीमा दलित बालबालिका तथा अति विपन्न बालबालिकाको लागि निशुल्क टियुसन कक्षा केन्द्रको घर उद्घाटन एक कार्यक्रमको विच गरिएको छ।
यो केन्द्र जम्मा १ लाख २५ हजारमा निर्माण गरिएको छ र सहयोगी दाता धर्मेन्द्र तिम्सिना क्षितिज र टीका तिम्सिना ज्यु बाट १ लाख ९ हजार आर्थिक सहयोग प्राप्त भएको छ। अरु बाँकी रहेकोे छ। निशुल्क टियुसन कक्षा केन्द्रको उद्घाटन जिराभवानी गाउँपालिकाको उपाध्यक्ष रेखा चौधरी ज्युले फित्ता काटेर उद्घाटन गर्नु भएको छ।
उद्घाटन कार्यक्रममा अमेरिका बस्ने धर्मेन्द्र तिम्सिना क्षितिज र टीका तिम्सिना ज्युलाई कार्यक्रम आर्थिक सहयोग गरे बापत सम्मान पत्र प्रदान गरिएको छ। यसैगरी सुपौलीको जग्गा दान गर्ने रामचन्द्र राम , आमा देवपती देवी र चन्द्रकिशोर राम ज्युले लाई सम्मान पत्रको साथमा सम्मानित गरिएको छ। सम्मानित हुनेमा दिपेन्द्र राम, पारमानद राम, सन्जोग राम, सुरेन्द्र पासवान , अशोक राम, शिव राम लगायतको सम्मान गरिएको छ। दलित समुदायको अहिलेसम्म शिक्षामा पहुँच रहेकोे छैन ।
दलित समुदायको साक्षरता दर कम रहेकोे छ।शिक्षाको कमिको कारण गर्दा समुदायको राज्य र सबै क्षेत्रमा पहुँच र निर्णयाक तहमा पुगन सकेको छैन । पर्सा जिल्लामा अहिलेसम्म १ हजार दलित बालबालिकाहरु विद्यालय बाहिर रहेकोे छ। विद्यालयमा पहुँच छैन , विद्यालय भर्ना रहेकोे छैनन् । विद्यालय भर्ना भएको दलित बालबालिकाको विद्यालयमा निरन्तरता छैनन् ।
गुणस्तरीय शिक्षा छैन , बालबालिकाको शैक्षिक सिकाई छैन , पढाईमा कमजोर रहेकोे रहेकोे छ्न। विद्यालय बाट घर आए पछि घुमघाम , खेलकुद गर्ने गर्द्छ्न। दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षा , विद्यालय निरन्तरता , सिकाई सुधार , उच्च शिक्षा हासिल गर्ने , विद्यालय छोडने दरको अन्त्य गर्नेको लागि निशुल्क टियुसन कक्षा केन्द्र संचालन गरिएको छ। यस निशुल्क टियुसन कक्षा केन्द्रको लागि १ जना स्वयंसेवक शिक्षक राखिएको छ।
विभिन्न सहयोगी व्यक्ति दाताहरु संग सहयोग लिएर यो अभियान संचालन भैइरहेको छ। यस संस्थाको उपाध्यक्ष अध्यक्ष , यस सुपौलीको चन्द्रकिशोर राम ज्युको बिशेष पहलमा उहाँको बुबा रामचन्द्र राम ज्यु र उहाँको आमा देवपती देवी ज्युले ५ वर्षको लागि आफ्नो जग्गामा घर निर्माण गराउनु भएको छ फाउन्डेसनको उपाध्यक्ष अध्यक्ष चन्द्रकिशोर राम ज्युले हामी जग्गा दान सहयोग गरेर खुसी भएको छौँ र शिक्षामा हाम्रो लगानी धेरै रहनेछ।
यसैगरी फाउन्डेसन नेपालको सदस्य पारमानन्द राम ज्यु भन्नू हुन्छ कि हामी यो अभियान पर्सा जिल्लाको सबै स्थानीय तह र मधेश प्रदेशको सबै जिल्लामा संचालन गर्ने योजना रहेकोे छ। यस टियुसन कक्षा केन्द्रमा १५० जना बालबालिका रहेकोे छ्न।
यस कार्यक्रमको अध्यक्षता जग्गा दाता रामचन्द्र राम ज्यु, प्रमुख अतिथि जिराभवानी गाउँपालिकाको उपाध्यक्ष रेखा चौधरी ज्यु , पिसफोर दलितस फाउन्डेसन नेपालको उपाध्यक्ष , सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सदस्य सुरेन्द्र पासवान , अशोक राम, सन्जोग रामको उपस्थित रहेकोे थियोे पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले सहजीकरण गर्नु भएको छ।
Share your love