थप ८ सय ५२ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा आठ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ८३ जनाको नमुना परीक्षण गर्दा आठ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा पाँच हजार चार सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार सात सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Share your love