डा.मधु गुप्ता पर्सा क्षेत्र नं.(ख) का मतदाताको घरदैलोमा

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ को (ख) मा जनता समाजवादी र नेकपा एमालेबाट संयुक्त रुपमा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता आफ्ना क्षेत्रको मतदाताको घर आँगनमा मत माग्न पुग्नु भएको छ ।

आज एका बिहान देखि नै पर्सा क्षेत्र नम्बर ३ को (ख) मा रहेको बिभिन्न गाउँ टोलमा पुगेर जनता संग प्रदेशमा जसपा र प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेलाई आफ्ना दिएर जिताउन मत जिताउन आग्रह गर्नुभयो । मतदाता संगको प्रत्येक्ष भेटमा डा.गुप्ताले आफ्ना गाउँ ठाउँको विकासको लागी यसपाली आफ्ना मत दिएर जिताउन आग्रह समेत गर्नुभएको हो ।

त्यस क्रममा जसपाका नेता कार्यकर्ता समेत डा.गुप्ताको साथमा सहजीकरण गर्नको लागी सहभागी रहेका छन । डा.गुप्ताको पक्षमा महावल देखिएको पर्सा क्षेत्र नम्बर ३ (ख) का जनता उहालाई भेटेर उत्साहित भएका छन र प्रतिक्रिया सकारात्मक दिएका छन ।

Share your love