डा.मधुको चुनावी घरदैलो निरन्तर जारि

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता कुर्मीले आफ्ना चुनावी घरदैलो कार्यक्रमलाई निरन्तर जारि राख्नुभएको छ ।

त्यसै क्रममा आज मंगलबार पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा डा.मधु गुप्ता कुर्मीले घरदैलो कार्यक्रम गर्नुभएको छ  ।

पोखरिया नगरपालिकाको वडा नम्बर ९ सेमरवारीमा जसपाका नेता कार्यकर्ता सहित पुग्नु भएकी डा.मधुले मतदाता संग छातामा मत दान गरेर विजयी बनाउन आग्रह गर्नुभयो ।

Share your love