डा. केसीसँग भएकाे सहमति कार्यान्वयन गर्ने सरकारकाे निर्णय

सरकारले डाक्टर गाेविन्द केसीसँग भएकाे सहमतिकाे पत्र अनुमाेदन गरी कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।

आज शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएकाे असाेज ८ गते भएकाे सहमतिकाे पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराउनुभएको हाे ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने ।’

यस्तै सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय–

 

Share your love