ट्वीटरमा ट्रम्पको पुनरागमन

मस्कले ट्वीटरमै सर्वेक्षण गरेका थिए, जसमा ट्वीटरमा ट्रम्पको आगमन हुन पर्ने नपर्ने रोज्न भनेका थिए। पर्छ भन्ने पक्षमा ५१.८ तथा पर्दैन भन्नेमा ४८.२ प्रतिशत मत परेको भन्दै मस्कले ट्रम्पको एकाउन्ट पुनर्वहाली गरेका हुन्।

तर, ट्रम्पले भने आफूलाई ट्वीटरमा फर्किनेमा कुनै इच्छा नरहेको र आफ्नै सामाजिक सञ्जालमै रहने दावी गरेका छन्।

गएको वर्ष जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रूपमा बन्द गरेको थियो। त्यसपछि उनले ‘ट्रूथ’ नामक सामाजिक सञ्जाल सुरु गरेका थिए।

 

Share your love