अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका २ खाकाबेशी बाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक भुमिकास्थान नगरपालिका २ ठुलाखर्कका ३५ वर्षीय ठाकुर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक पाण्डेको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो । ट्र्याक्टर सडकदेखि १ सय ५० मिटर तल खसेको छ ।