टेकबहादुर शाक्यद्वारा उम्मेदवारी फिर्ता

वीरगंज –पर्सा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवारी दिनुभएको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सत्ता गठबन्धनको निर्देशनलाई अधार मान्दै निश्चित समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएको माओबादी नेता शाक्यले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

उहाले अब पर्सामा पनि केन्द्रको निर्देशन अनुसार नै सत्ता गठबन्धनलाई सघाउने बताउनुभएको छ

Share your love