टिकटक बन्द गर्न माग गर्दै सप्तरीमा युवाहरुको प्रदर्शन

सप्तरी – सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको भन्दै सप्तरीका युवा यसलाई बन्द गर्ने अभियानमा जुटेका छन् । उनीहरुले टिकटक बन्द संघर्ष समिति नै गठन गरेर हिजो मंगलबार राजबिराजमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले टिकटक बन्द गर्नुपर्ने र टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्रसमेत बुझाइएको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सचिदानन्द यादवले जानकारी दिनुभयो ।

टिकटकमा अश्लिल सामग्री बढ्दै गएको तथा भोजपुरी , मैथली र नेपाली गीत संगीतलाई खिल्ली उडाउने गरिएको भन्दै उनीहरुले यसप्रति सचेत रहन सबैलाई अपीलसमेत गरेका छन् ।

Share your love