जि.प्र.का पर्सामा छापा -घुस सहित एकजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेर घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटर सन्जय प्रसाद यादव रहेका छन् ।उनको साथबाट सेवाग्राहीसंग लिएको घुस बापतको पाँच हजार रुपैया बरामद भएको अख्तियारले जनाएको छ ।

हेटौडा स्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट डिएसपी हेम केसीको नेतृत्वमा खटिएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको थियो । त्यसक्रममा जग्गाको रोक्का फुकवा गरिदिने कामका लागि एक जना सेवाग्राहीसंग घुस बापत पाँच हजार रुपैया लिदै गरेको अवस्थामा अख्तियारले यादवलाइ पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस बापत माग गरेको पाँच हजार रुपैया सहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि बताए । उनका अनुसार अख्तियारको टोलीले मुद्दा शाखाका कागजातहरु परीक्षण गरेको थियो । घुस रकम सहित पक्राउ परेका यादवलाइ आवश्यक अनुसन्धान र कारबाहीका लागि अखित्यारको टोलीले हेटौडा नै लिएर लगेको उनले बताए ।

 

Share your love