जिम्बावेले पाकिस्तानलाई १ रनले हरायाे

आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएकाे छ । पर्थमा भएकाे खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएकाे हाे ।

जिम्बावेले दिएकाे एक सय ३१ रनकाे मध्यम लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्याे । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायाे । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका माेहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए ।

याे जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह ‘२’ काे तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाकिस्तान भने अङ्कविहीन छ ।

 

Share your love