जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ।

युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ।

अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। तर अब युएईले यो लक्ष्य भेट्न असम्भवजस्तै बनेको छ।

Share your love