जसपा रौतहटको अध्यक्षमा यादव, ५८ जनालाई कार्यसमितिमा समेटियो

जनता समाजवादी पार्टी (जसपा) रौतहट जिल्ला समन्वय समितिको अध्यक्षमा श्याम बिहारी यादव चयन भएका छन् । यसअघिको कमिटीलाई पुनर्गठन गर्दै जसपाले यादवको नेतृत्वमा ५८ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सनीमुलाह, मति रञ्जु दास तत्मा र अमृत चौधरी चयन भएका छन् भने सचिवमा लखिन्द्र यादव, उपसचिवमा जयराम महतो, शम्भु यादव र दिनेश कुमार यादव रहेका छन् । यस्तै कोषाध्यक्ष वृज मोहन साह चयन हुँदा बाँकी अरु सदस्य रहेका छन् ।


Share your love