जसपा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

वीरगंज –जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश परिषद सदस्य एवम जसपाका युवा नेता शिव कुमार साहले आज शुक्रबार एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ  ।रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने उपभोक्ता समितीले जनाएको छ ।

जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि मुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

Share your love