जनार्दन सिंह क्षेत्री सबैभन्दा भ्रष्ट उम्मेदवार : प्रल्हाद गिरी

पर्सा क्षेत्र नं ३ ख मा सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका जनार्दन सिंह क्षेत्रीमाथि ‘सबैभन्दा भ्रष्ट उम्मेदवार’ को आरोप लागेको छ ।

सोही क्षेत्रबाट उनका प्रतिद्वन्द्वीको रुपमा उठेका नेकपा समाजवादी केन्द्रका उम्मेदवार प्रल्हाद गिरीले जनार्दन सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका हुन् ।

जनार्दनले विगतमा पदको दुरुपयोग गरी स्कुल, क्याम्पस र अस्पतालजस्ता व्यवसाय खोलेको र जनताको हितका लागि कुनै काम नगरेको गिरीको दाबी छ ।

सत्ता गठबन्धनबाट सो क्षेत्रमा दुवै जनाले आआफू आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । सत्ता गठबन्धन मिलेर चुनावमा जाने सहमति भए पनि नेपाली कांग्रेसले क्षेत्री र समाजवादीले गिरीलाई टीकट दिएपछि गठबन्धनभित्रै को आधिकारिक हो भन्ने विवाद बढेको छ ।

यो विवादसँगै उनीहरुबीच आरोपप्रत्यारोप शुरु भएको छ ।

Share your love