जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति

सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन मोर्चाबन्दी गर्दै अगाडि बढ्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

साथै सर्वोेच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ । कैलालीकाे टीकापुर घटनाको सत्य/तथ्य पत्ता लगाउन सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको थियो । प्रतिनिधि सभामा जनमत पार्टीले छ सिट र नागरिक उन्मुक्ति पार्टीले चार सिट जितेका छन् ।

 

Share your love