जगरनाथपूर गाउँपालिका अध्यक्ष यादवद्वरा क्रिकेट खेलको उद्घाटन

वीरगंज–पर्साको जगरनाथपूर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले आज शुक्रबार एक कार्यक्रमका बीच देवीमाइ क्रीकेट टुर्नामेन्ट खेलको उद्घाटन गर्नुभएको छ ।

क्रिकेट खेलको उद्घाटन सत्रमा जगरनाथपूर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह , वडाध्यक्ष लक्ष्मी साह , सुभाष कुमार यादव , नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति बलिष्टर अहमद , सुरेन्द्र सिंह क्षेत्री , रमेश कुशवाहा,प्रभु चौहान,एकबाली साह लगायतको उपस्थितमा रहेको थियो ।

उद्घाटन पश्चात पहिलो खेल लंगडी र झाझरी बीच भईरहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति बलिष्टर अहमदले जानकारी दिनुभयो ।

Share your love