छपकैया नाकामा प्रहरीकै अगाडि बाट तस्करी हुदै

वीरगंज –पर्साको भारतसंग सीमा जोडिएका नाकाहरुबाट सीमा वारपारको तस्करी कार्य फस्टाउँदै गएको छ । तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको मिलोमतोमा अबैध रूपमा तस्करी कार्यले तीव्रता पाएको हो ।

पर्सा जिल्लाको सिमावर्ती चोर नाकाबाट सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्कारीले तिव्रता पाएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । भारतसँग जोडिएका सीमा नाकाहरुमा सुरक्षाकर्मीको सेटिंगमा तस्करी कार्य मौलाएको हो । छपकैयाबाट ठुलो मात्रमा  तस्करी भईरहेको स्थानीयहरूको बताएका छन  ।

तस्करहरुले प्रहरीको सहयोगमा राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयर लगायतका सामग्री दैनिक नेपाल भित्र्याइरहेका छन् ।

त्यस्तै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धन लगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ । सीमा नाकाबाट हुँने तस्करीमा चौकी प्रहरी कार्यालय छपकैया र सशस्त्र प्रहरी बल छपकैयाको  संलग्नता रहेको स्थानीयहरु बताउछन् ।

स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेको छ । राजश्व छली गर्दै तस्करहरुसँग विशेष साँठगाँठ गर्नेमा छपकैयाका प्रहरी इन्चार्जको संलग्नता प्रत्येक्ष रहेको स्थानीयहरुको दाबि रहेको छ  ।  प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैंया तस्करसँग असुली गरिरहेको स्थानीयहरूले बताउछन । प्रहरीको मिलोमतोमा भईरहेको तस्करीको प्रमाण रेडियो सान्भी संग समेत सुरक्षित रहेको छ ।

Share your love