चैती छठको आज मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर मनाईदै

तराई मधेशमा श्रद्धा र निष्ठापूर्वक मनाईने वसन्ती छठ अर्थात चैती छठको आज मुख्य दिन रहेको छ । आज साझ ब्रतालुहरुले दिनभर उपबास रही साझ जलासयको घाटमा गई बासको चोयाले बनाईएको नाग्लोमा मिस्टान संगै झुपा झुपा फल , ठेकुवा , भुसुवा , अदुवा , उखु , मुला , बोडी , सुथ्नी लगायतका पूजाका सामग्री राखी अस्ताउदो सुर्यलाई अर्घ दिने गर्छन । यसलाई तराई मधेशमा सझुवाको घाटे समेत भन्छन ।

त्यसैगरी छठ पर्वको अन्तिम दिन मँगलबार बिहानै ब्रतालुहरुले जलासयको घाटमा गई उदाउदै गरेको सुर्यलाई अर्घ दिएसंगै यो ब्रत सम्पन्न हुन्छ । यसलाई तराई मधेशमा बिहनुवाको घाटे समेत भनिन्छ ।

यसअघि शनिबार नुहाए खाए विधि बाट सुरुभएको चैती छठ अन्तर्गत हिजो आईतबार खरना विधि सम्पन्न भएको छ ।

छठपर्व शरद ऋतुको बेला कार्तिकमा र वसन्त ऋतुको बेला चैत्रमा गरी वर्षमा २ चोटि मनाईन्छ । छठ पर्वले सम्पूर्ण मनोकामना पूर्ण हुने नज बिश्वास रहिआएको छ ।

Share your love