चाडपर्वको मुखमा उपभोक्ता महँगीको मारमा

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा विगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताएका हुन् ।

चुनावको मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैले पनि आकाशिएको बजारमूल्य नियन्त्रण तथा अनुगमन गर्ने काम नगरेकाले उपभोक्ता निराश भएका छन् ।

तरकारी, फलफूलमा सामान्य हेरफेर भएपनि दाल, चामल, तेल र चिनी लगायतका उपभोग्य वस्तुको दर साविक भन्दा बढ्नुमा बैंकिङ क्षेत्रमा बढेको ब्याज दर मुख्य कारण भएको व्यवसायीहरुले बताएका छन् ।

Share your love