चट्याङ लागी वीरगंजमा एकजनाको मृत्यु

वीरगञ्ज-मेघ गर्जनसहितको चट्याङ लागेर सोमबार पर्सामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका(२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन्। बिहान साढे ६ बजेको समयमा सोही स्थानमा रहेको छठिमाई पोखरी नजिकै अचानक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए।

घाइतेहरूलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा उपाध्यायलाई चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका सोही स्थानका कुलनेसा खातुनको र गम्भीर घाइते वीरगञ्ज ४ बस्ने १३ वर्षका अर्जुन राउतको थप उपचारको लागि नेसनल मेडिकल कलेजमा रिफर गरिएको गिरिले बताए।

यसैगरी, पर्साको बिन्दवासिनी गाउँपालिका(४ अमरपट्टिका २६ वर्षका को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागि घाइते जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Share your love