गहवामाई मन्दिर अगाडी लगाईएको फलामे डिभाईडर हटाउन माग

वीरगंज – वीरगंज महानगरपालिकाले गहवामाई मन्दिरको दायाँ र बायाँ लगाएको फलामको डिभाईडर हटाउन माग गर्दै महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाईएको छ ।

वीरगंजवासीको तर्फबाट उमेश साह कानु, संजय कुमार सर्राफ, धिरेन्द्र तिवारी र सचितानन्द दुबे लयातले सोमबार वीरगंज महानगरपालिकाका प्रमुख सिंहलाई ज्ञापन पत्र बुझाउदै डिभाईडर हटाउनु माग गर्नुभएको हो।

डिभाईडरका कारण गहवामाई मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई सास्ती हुनेगरेको र वीरगंज भन्दा बाहिरबाट सवारीसाधनको प्रयोग गरेर आउने भक्तजनलाई समेत सवारीलाई सय मिटर भन्दा पर गएर पार्किंग गर्नुपर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी भक्तजनले आफ्ना सवारी अन्तै गएर पार्किंग गर्दा रामर संग पूजापाठ गर्न नसकेको समेत उल्लेख गरिएको हो ।

त्यसैगरी मन्दिरको वरिपरीबाट निस्कने शिभायात्रा , कृष्ण जात्रा , फूलपाती , विवाह लगायत कार्य पनि प्रभावित हुने गरेकोले डिभाईडर हटाउन माग गरिएको ज्ञापन पत्र बुझाउन भएको  उमेश साहले बताउनुभयो । आगलागी, भूकम्प जस्ता प्राकृतिक आपदा एवम आकस्मिक समयमा एम्बुलेन्स/दमकल जान आउन समेत समस्या हुने समेत देखिएकोले हटाउन माग गरिएको उहाले बताउनुभयो ।

डिभाईडरको सट्टा बिकल्पको रुपमा माइस्थान क्षेत्र व्यवस्थित गर्न ठेलागाड़ी, साइकलमा व्यापार गर्न रोक लगाई पार्किंग गर्न नदिने सर्तमा दुई पांग्रे सवारी साधन आवत जावतकोलागि बाटो सुचारु गर्नु माग गरिएको ज्ञापन पत्र बुझुनुभएको धिरेन्द्र तिवारीले बताउनुभयो ।

Share your love