गफले देश बन्दैन, देश बनाउन इमानदार नेताकाे आवश्यक छ : सांसद गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नागरिकको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रतिनिधि सभाको आज आइतवारको बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले देश भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै दशको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उपसभापति गुरुङले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताउनुभयो ।

छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत देशले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताउनुभयो ।अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उहाँले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको जिकिर गर्नुभयो ।

 

 

Share your love