गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा

 

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत घरेलु टोली गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा पुगेको छ ।

शुक्रबार पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४–२१ गोलले हरायो ।

गण्डकीको जितमा चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।

गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको विजेतास‘ग स्वर्णका लागि शनिबार फाइनल खेल्नेछ ।

Share your love