क्यान साधारणसभाः सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ददेखि असन्तुष्ट पक्षलाई स्पष्टीकरण सोध्नेसम्म

नेपाल क्रिकेट संघ क्यानको विरेन्द्रनगर सुर्खेतमा बसेको वार्षिक साधारण सभाले विभिन्न १० बुदे निर्णय गरेको छ। संघले सेभेन थ्री स्पोर्टससँगको सम्झौतालाई औपचारिक रुपमा अन्त गर्दै बाँकी बक्यौताका उठाउनका लागि कानुनी प्रक्रियामा जाने निर्णय पनि गरेको छ।

साथै क्यानले संस्थापन पक्षसँग फरक मत राख्दै आएका सदस्यहरुसँग स्पष्टीकरण सोध्ने र चित नबुझे बर्खास्त गर्ने निर्णय पनि साधारणसभाबाट गरेको छ। साथै उसले विधान संसोधनसमेत गर्न लागेको छ। त्यसका लागि क्यानले पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति समेत गठन गरेको छ।

‘क्रिकेट संघका निर्वाचित केन्द्रीय सदस्यहरु श्री संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गइ संघलाई नै बदनाम र निलम्बन गराउने उद्देश्यले गरिराखेको विभिन्न क्रियाकलापहरुप्रति यो साधारणसभा खेद प्रकट गर्दछ,’ क्यानले साधारणसभापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै उसले साधारण सभामा उपस्थितसमेत नभएको भन्दै अगाडि भनेको छ, ‘निजहरुलाई अविलम्व स्पष्टीकरण सोधी चित्तबुझ्दो जवाफ नआएमा निलम्बनसमेतको कारबाही गर्न यो साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ।’

यस्तो छ, क्यान साधारणसभाको निर्णय

Share your love