कोरोना सङ्क्रमण घट्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय १९ जनामा झर्‍यो

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ ।

तीन दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सयभन्दा तल छ । हिजो सोमवार ९१, अस्ति आइतवार ५९ र गएको शनिवार ६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैबीच थप एक सय ६० जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय १९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

Share your love