‘कोइराला समूहले गरिरहेको ‘विरोध’ अनावश्यक’

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले डा। शेखर कोइराला समूहले गरिरहेको विरोध अनावश्यक रहेको बताउनुभएको छ ।मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा। महतले कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,’समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको हो, कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची बनेको छैन, त्यसैले अहिले कोइराला समुहले गरिरहेको विरोध अनावश्यक र पार्टीको हितमा छैन।’

उहाँका अनुसार पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो समानुपातिक सूची पेश भएको हो ।

उहाले भन्नुभयो, ‘ केही कमीकजोरी होलन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही काम भएको छैन।’शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताउनुभयो ।

Share your love