कृष्णप्रसाद भट्टराई र पुष्पलाल श्रेष्ठकाे सालिकमुनि नवनिर्वाचित राष्ट्रपति पाैडेल

 नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुभएकाे छ ।

आज दिउँसाे ललितपुरको वाँडेगाउँमा रहेकाे भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभयो । पौडेलले आश्रमकाे अवलाेकन पनि गर्नुभयाे । राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका अमिता कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

यस्तै आजै उहाँ कीर्तिपुर नगरपालिका–४ चम्पादेवीमा रहेकाे पुष्पलाल स्मृति उद्यान पनि पुग्नुभयाे । त्यहाँ उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुभयाे । राष्ट्रपति पौडेललाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाण्डौ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीलगायतले स्वागत गर्नुभएको थियो ।

माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको थियो । पुस्तिकामा उहाँले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै  यसको विकास तथा प्रगतिको कामना गर्नुभएको छ ।

 

Share your love