कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जना माग, लिखितमा १४ जना मात्रै पास

कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९।१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए ।

आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।

Share your love