किसानलाई मल दिन कृषिमन्त्रि संग जसपा पर्साको माग

वीरगंज –जनता समाजबादी पार्टीका नेपाल पर्साका टोलीले कृषिमन्त्री संग  मल उपलब्ध गराउन माग गरेको छ ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादव नेतृत्वको टोलीले कृषिमन्त्रि मृगेन्द्र कुमार सिंहलाई बधाई दीन पुगेको बेला खडेरीको चपेटामा परेको किसनलाई मल समयमा दिनको लागी आग्रह गरिएको टोलीमा सहभागी जसपा केन्द्रीय सदस्य एवम सांसद हरिनारायण रौनियारले जानकरी दिनुभयो ।

मल नपाएर किसानअहिले चिन्तित भएको कुरा कृषिमन्त्री सिंहलाई औग्त गराउदै मलको प्रयाप्त व्यवस्था गर्न जसपा पर्साको टोलीले जोड दिएको सांसद रौनियारले जानकारी दिनुभएको हो ।

सरकारले सिचाईको व्यवस्था राम्रो संग नगर्दा एक त ढिलो सिचाई हुने र त्यसमा समेत समयमा मल नपाउनु किसान माथिको दमन भएको समेत जसपा पर्साको ठहर छ ।

केहि दिन अगाडी जसपा पर्साले पर्साका प्रमुख जिल्ला आधिकारी मार्फत मलको माग गर्दै कृषिमन्त्रिको कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए । यसैगरी जसपाको केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले स्थानीय सञ्चारमाध्यम संग कुरा गर्दै किसानलाई समयमा मल उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको थियो ।

Share your love