कार्यकर्ता पोस्ने नेताले विकास गर्न सक्दैन्–प्रदेश सभा सदस्यका उम्मेदवार यादव

वीरगंज –नेकपा एमाले र जनता समाजबादी पार्टी नेपालको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ ( क ) का प्रदेश सभा सदस्यका उम्मेदवार रहनुभएको बिचारी यादवले कार्यकर्ता पाल्ने नेताले विकास गर्न नसक्ने बताउनुभएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका निर्वाचनलाई लक्षित गरेर मतदाताको घर घरमा पुगी घरदैलो गर्ने क्रममा सञ्चारकर्मी संग कुरा गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले कमिसनको चकरमा नेताहरुले मात्र आफ्ना कार्यकर्तालाई पोस्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नेताहरु आफ्ना आसेपासेका कार्यकर्तालाई मात्र विकास निर्माणको बजेट दिने गरेको कारण गुणस्तरीय विकास निर्माणआ काम हुन् नसकेको बताउनुभयो ।

Share your love