कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनुभएको छ ।

यस्तै महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला बन्नुभएको छ भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहनुभएको छ ।

कांग्रेस संसदीय दलको नेताका लागि भोलि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।

Share your love