कांग्रेस नेता चन्द्र भण्डारीकाे स्वास्थ्यमा उल्लेख्य सुधार

खाना पकाउने ग्यास चुहिएर भएकाे आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिनुभयो । डा. भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकाेमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।

गएको बुधवार राति काठमाण्डाैकाे घरमा ग्यास लिक भएर आगलागीमा परि डा. भण्डारी घाइते हुनुभएको थियो । उहाँँको आमाको भने कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Share your love