कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आउँदाे माघ १५ गतेसम्म निर्धारण गरेको छ ।

गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसअनुसार अवधि थप गरिएको पार्टी कार्यालयले आज बुधवार जनाएको छ ।

कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवम् जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ ।

 

Share your love