करेन्ट लागेर बारामा एकजनाको मृत्यु

वीरगंज-बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ बर्षीय सुरेन्द्र प्रसाद यादव रहेका छन ।

महागढीमाई नगरपालिका वडा नम्बर २ मा रहेको आफ्नै खेतमा पानि पटाउनको लागी तार जोड्ने क्रममा यादवलाई करेन्ट लागेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

घटनाको मुचुल्का उठाईको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

Share your love