कबीर परमेश्वर निर्वाण दिवसको उपलक्ष्यमा र्याली सम्पन्न

जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजका भक्तजनहरु द्वारा आज धनुषा तथा महोत्तरी जिल्ला  मा निमन्त्रणा र्याली निकालिएको छ ।जगतगुरु तत्वदर्शी संत रामपालजी महाराज तथा उनका भक्तजनहरु द्वारा यही मिति 2079 माघ 18 गते कबीर परमेश्वर निर्वाणको दिवस मनाईंदैछ।

कबीर परमेश्वर निर्वाण दिवसको उपलक्ष्यमा उनका समस्त भक्तजनहरु द्वारा धनुषा जिल्ला स्थित महेन्द्रनगर नजिक बेलाचापी मा रहेको सतलोक आश्रम धनुषामा यहि माघ १६,१७ र १८ गते नि:शुल्क मन्त्रदीक्षा,दाइजो रहित विवाह(रमैणी),सत्संग तथा विशाल भण्डारा  कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा सर्व मानव समाजलाई सहभागी भइ प्रसाद गर्नुहुनको लागि आज माग १४ गते शनिबार  धनुषा जिल्लाको महेन्द्रनगर देखि जनकपुर जलेश्वर गौशाला बर्दिबास ढल्केवर हुँदै महेन्द्रनगर सम्म निमन्त्रणा र्यालीको निकालिएको छ ।

आजभन्दा करिब ५०५ वर्ष पुर्व भारतको उत्तरप्रदेशस्थित मगहर भन्ने स्थानमा लाखौं मानिसहरुका सामुन्नेबाट पूर्ण परमात्मा कबीर साहेब जी सशरीर पृथ्वीबाट आफ्नो निज धाम सतलोक जान्नुभएको थियो जुन अद्वितीय लिला थियो।  वेदमा पूर्ण परमात्माले यस्तै लिला गर्नुहुन्छ भनेर लेखिएको कुरा उनका अनुयायी हरु बताउँछन ।

सोहि लिला गरी निर्वाण अर्थात मोक्ष धाम जानुभएको ले यस दिनको अवसर मा कबीर परमेश्वर जी को निर्वाण दिवस मनाइएको कुरा सन्त रामपाल जी महाराज का अनुयायी हरु बताउँछन् ।

उक्त कार्यक्रम मा नेपाल भारत लगायत विभिन्न ठाउँहरु बाट श्रद्धालु हरु आउने जानकारी सतलोक आश्रम प्रबन्धक ले जनाउनु भएको छ। यस भडारा को प्रसाद ग्रहण गरेर पापहरु नाश हुने उनिहरुको मान्यता छ।

Share your love