कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने काम चलिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ । कक्षा १२ को परीक्षामा यसवर्ष झन्डै चार लाख विद्यार्थी सहभागी थिए ।

Share your love