ओलीलाई रावलको प्रश्न–’संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ ?

प्रकाशित मिति प्रमुख विपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले ‘संदिग्ध नेता’ प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले साहले केही समय अघि देखिनै संदिग्ध गतिविधि गरिरहेको बताएपछि रावलले ओलीमाथि प्रश्न तेर्साएका हुन् ।
नेता रावलले सामाजिक सञ्जालमा ट्विट गर्दै संगिग्ध र हरियो सर्पलाई माथि चढाउने र रंगिबिरंगी सर्पलाई पार्टीभित्र हुर्काइँदैछ भन्ने बारे पनि स्पष्ट पार्नूपर्ने समेत माग गरेका छन् ।उनले ट्विट गरेका छन्,‘प्रभु साहाको ’विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ’संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?’

Share your love