ओलीमाथि देउवाकाे कटाक्ष : काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष पाेख्नु भएकाे छ ।

आज शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कांगेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गर्नुभएकाे हाे ।

उहाँले आफू पाँचौं पटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताउनुभयाे।

Share your love