एमालेले जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको छ-अधिवक्ता बिडारी

राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो ।

वरिष्ठ अधिवक्ता बिडारीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव चुनावपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभयो । जबराविरुद्धको महाअभियोग प्रस्ताव मङ्सिर ४ गतेको चुनावपछि आउने प्रतिनिधि सभाले हेर्ने उहाँले बताउनुभयो । उहाँले संसद् जीवित रहेको पनि बताउनुभयो ।

वरिष्ठ अधिवक्ता बिडारीले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने पनि बताउनुभयो ।

 

Share your love