एक महिना अगाडी एमालेमा प्रवेश गरेका सांसद कलवार अब जसपामा प्रवेश गरे

वीरगंज – बारा क्षेत्र नम्बर २ को (क) मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएका शंकर कलवार आज आईतबार नेकपा एमाले परित्याग गरेर जनता समाबादी पार्टी नेपालमा प्रवेश गरेका छन  ।

१ महिना अगाडी प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा नेकपा एमालेमा प्रवेश गरेका प्रदेश सांसद कलवार आज जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवको पहलमा जसपामा प्रवेश गरेका हुन् ।

नकपा एमाले बाट टिकट नपाए पछी स्वतन्त्र रुपले निर्वाचन लडेर निर्वाचित भएका कलवार प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा नेकपा एमालेमा प्रवेश गरेका कलवारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए  ।

तर एक महिना मै उनले एमाले छोडेर जसपामा पुगेका हुन् र जसपामा मधेश प्रदेशका अर्थमन्त्री समेत रहेका जसपा सांसद संजय यादव र मधेश प्रदेश अध्यक्ष रामबाबु यादव लगायत नेताले स्वागत गरेका छन । सांसद कलवारले एक महिना मै एमाले छोडेर जसपामा आएको कारण  बताएका छैन्न  ।

Share your love