एक आईएमईबाट झण्डै ९ करोड रुपैयाँ लुटिएको दाबी

ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ । आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो ।

आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो । बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाले बताउनुभयो ।

नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले रकमबारे खुलाएको छैन । जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Share your love